कच्चि सडकखण्डमा जीप पल्टिदा ३६ वर्षीय गणेशजंगले गुमाए ज्यान, ७ जना घाइते — OSNepal

कच्चि सडकखण्डमा जीप पल्टिदा ३६ वर्षीय गणेशजंगले गुमाए ज्यान, ७ जना घाइते

LC (KTM) June 16, 2021 0

स्याङजा- स्याङजा भिरकोट नगरपालिका वडा नं। ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा सही नगरपालिकाका ३० वर्षीय जीप चालक विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीया रुक बहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र स्याङजा पुतली बजारको २४ वर्षीय दिनेश परियार रहेका छन् ।

त्यस्तै मृत्यु हुनेमा भिरकोट नरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारी रहेका छन् । उनको उपचारका क्रममा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर