मनाङमा बाढीले सरकारी कार्यालयदेखि, होटेल, वर्कसप सबै बगायो एक हजारजना मानिस विस्थापित — OSNepal

मनाङमा बाढीले सरकारी कार्यालयदेखि, होटेल, वर्कसप सबै बगायो एक हजारजना मानिस विस्थापित

LC (KTM) June 16, 2021 0

पोखरा २ असार । मंगलबार बिहानै देखि आएको बाढीले मनाङको सदरमुकाम चामे बजारका सरकारी कार्यालयदेखि, होटेल, वर्कसप सबै बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले गर्दा जिल्लाका वासिन्दा कोही आफन्तको शरणमा ,कोही जंगलमा , कोही कारागारमा र कोही पिकनिक स्थलमा बसेका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी मनाङ जिल्ला प्रभाविन बनेको छ । चामे गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले दिएको जानकारी अनुसार चामे बजारको बेलिब्रिज पुल,जिल्ला हुलाकको कार्यालय , वडाध्यक्षको घर तथा सांग्रिला होटेल जगैदेखि बगाएको छ । मानविय क्षति भने अहिलेसम्म पुष्टि नभएको पनि श्रेष्ठले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङले बताएका अनुसार सदरमुकाम चामेदेखि जिल्लाको नासो गाउँपालिकाको तालगाउँमा आएको बाढीले करिब २०० घरधुरीका झन्डै एक हजारजना मानिस विस्थापित भएका छन् ।
यार्सागुम्बा टिप्ने सिजन पनि भएका कारण कतिपय मानिस जंगलमा नै अलपत्र परेको हुन सक्ने पनि वडाध्यक्ष श्रेष्ठकोले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर