फलामको गेटमा च्यापिएर ६ वर्षीया बालिकाको मृत्यु , परिवारमा रुवाबासी — OSNepal

फलामको गेटमा च्यापिएर ६ वर्षीया बालिकाको मृत्यु , परिवारमा रुवाबासी

LC (KTM) June 16, 2021 0

पर्सा -धोबिनी गाउँपालिका(३ गुलरिया बस्ने साहेब पटेलकी छोरी ६ वर्षीया मिरा कुमारी पटेलको आफ्नै घरको कम्पाउण्डमा रहेको फलामको गेटमा च्यापिएर मंगलबार साँझ मृ त्यु भएको छ ।

गेट नजिकै खेलिरहेको अवस्थामा हावाहुरीको कारण गेट लडेर मिरा च्यापिदा गम्भीर घाइते भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृ त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, अभिनेता चन्द्र शेखर वैद्यको निधन, शोकमा बलिउड

अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । उनको मुम्बईको अन्धेरीस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो । चन्द्र शेखरको निधनको पुष्टि उनका नाति विशाल शेखरले गरेका छन् ।कुनै रोग नभएका चन्द्र शेखरमा निकै ज्वरो देखिएका कारण गत हप्ताको बिहीबार उनलाई जुहुस्थित क्रिटी केयर अस्पताल भर्ना भएको थियो । निको भएर घर ल्याए लगत्तै उनको निधन भएको भारतिय मिडियाले जनाएका छन् ।

। नाजुक समयमा परिवारसँगै रहने इच्छा भएको कारण उनका छोरो अशोक शेखरले चन्द्र शेखरको लागि घरमै अस्पताल जस्तै ब्यवस्था गरिदिएका थिए । थुपै्र फिल्ममा जुनियरको कलाकारको रुपमा काम गरेपछि उनलाई हिरोको रुपमा अभिनय अवसर पाएका उनको निधनले बलिउड शोकमा डुबेको छ ।

११० भन्दा बढी फिल्ममा काम गरेका उनले १९६४ मा आएको फिल्म ‘चा चा चा’ र १९६६ मा आएको फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन समेत गरेका थिए ।रामानन्द सागरले बनाएको रामायणमा उनले राजा दशरथको महामन्त्री ‘आर्य सुमन्त’ को भूमिका निर्वाह गरेका थिए । जसले उनलाई चर्चाको शिखरमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर