दुबईबाट नेपाल आएका एक जनालाई मंकीपक्स संक्रमणको आशंकामा लगियो टेकु अस्पताल — OSNepal

दुबईबाट नेपाल आएका एक जनालाई मंकीपक्स संक्रमणको आशंकामा लगियो टेकु अस्पताल

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । दुबईबाट नेपाल आएका एक पुरुषलाई मंकीपक्स संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उक्त पुरुषलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले दिएको जानकारी अनुसार मंकीपक्सका शंकास्पद विरामी भनेर आएको र अहिले चेकजाँच तथा उपचारको काम भइरहेको बताएका छन् ।

अहिले नै यही हो भन्न सकिने स्थिति नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर