एसपीपीमा ओलीको स्वीकृति सेनाका प्रधानसेनापति क्षेत्रीको पत्राचार — OSNepal

एसपीपीमा ओलीको स्वीकृति सेनाका प्रधानसेनापति क्षेत्रीको पत्राचार

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुनका लागि पठाएको पत्रमा केपी शर्मा ओलीको सरकार भएको समयमा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रविन्द्र क्षेत्रीले सम्झौताका लागि पत्राचार गरेके पत्र सार्वजनिक भएको छ ।

पहिलो पटक २०७२ सालमा ओली सरकारको नेतृत्वमा तत्कालिन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई भविष्यमा एनजीएसएसपी कार्यक्रममा नेपाल सहभागी हुन इच्छुक रहेको सार्वजनिक भएको तीन बुँदे पत्रको पहिलो बुँदामा स्पष्ट रुपमा लेखिएको छ ।

साथै, पत्रको दोस्रो बुँदामा यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालिन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुने बताइएको छ ।

वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशिल पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यवसायीकरण र विकासमा सहयोग पुग्ने उल्लेख गरिएको छ ।

अन्तिममा रहेको तेस्रो बुँदामा भने, नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको
उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर