काठमाडौं २ असार । संसदमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री शेरबहादुर देउवाको साट्टो रोष्टमा पुगेका गृहमन्त्री बालकृष्ण खाणले नेपाल अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने स्पष्ट पारेका हुन् ।
विनियोजन विधेयकमाथि उठेका प्रश्नहरू जवाफ दिने क्रममा खाँडले देउवाको तर्फबाट जवाफ दिएका हुन् । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने बताएका खाँडले एमसीसी र एसपीपी फरक-फरक बताएका छन् ।
‘केही माननीयजीले एमसीसीकै कारण एसपीपी आएको भने । दुबै एक होइनन’ उनले अघि भने , ‘एमसीसी हामीले सुरुदेखि नै पास गर्छौ भन्यौँ, गर्यौं । अब एसपीपीमा नेपाल जाँदैन भनिरहेका छौँ । जाँदैन जाँदैन ।’