काठमाडौं २ असार । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएसँगै उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् ।
उक्त बिदाई समारोहमा लामिछानेले सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताएका छन् ।
जनताका प्रश्न सोध्ने ठाउँबाट अब जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका लामिछानेले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएकोले राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताएका छन् ।
आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताएका उनले बिदाई कार्यक्रममा भने, ‘जनताका विषयहरूमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान खोज्दैछु । अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योगदान गर्नेछु’।