काठमाडौं २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् ।
बिहिबार एमालेबाट स्थानीय तह निर्वाचनमा निर्वाचितजनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओओलीले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको भन्दै आक्रोश पोखेका हुन् ।
कार्यक्रममा ओलीले भने , ‘यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर, बनाउन भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत होला देशको ?’