काठमाडौं २ असार । कैदीवन्दीको साउन. १ गतेबाट लागु हुने गरी रासनभत्ता बढ्ने भएको छ । अहिले कैदीवन्दीले पाउँदै आएका रासनभत्तास्वरुप प्रतिदिन ६० रुपैयाँबाट बढेर अब प्रतिदिन ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । गृहमन्त्री बालकृष्ण खाणले दिएको जानकारी कैदीवन्दीले अहिले पाउँदै आएको रकममा २० प्रतिशत वृद्धि भएको हो ।
‘कैदीबन्दीको प्रतदिन ६० रुपैयाँ र ७०० ग्राम चामल दिँदै आएकामा त्यसलाई ३३ प्रतिशत वृद्धि गरी प्रतिदिन ८० रुपैयाँ कायम गरिएको छ,अर्थबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन् ।’प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने ।
साथै, गृहमन्त्री खाँडले दिएको जानकारी अनुसार सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमा तथा कैदीबन्दीको सीपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरिएको बताएका छन् ।
‘उनीहरूले पनि क्षमताअनुसार सीप सिकुन् र उत्पानदमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्य रहेको छ’ गृहमन्त्रीले भने ।