काठमाडौं, १ असार :
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् ।
महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।
मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ ।
यो पनि : अष्ट्रेलियामा काम गर्न जाने कामदारहरुको कमाई ह्वात्तै बढ्यो, १ घण्टामा नै हुन्छ यस्तो आर्कषक कमाई, अब अष्ट्रेलियामा रहेका कामदारहरु बन्नेछन् मालामाल :
अष्ट्रेलियामा काम गर्न जाने कामदारहरुका लागि खुशीको खबर आएको छ । अष्ट्रेलियाले कामदारहरुको न्युनतम पारिश्रमिक बढाउने भए संगै खुशीको खबर आएको हो । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएसँगै अस्ट्रेलियाले कामदारहरूको न्यूनतम पारिश्रमिक पनि बढाउने घोषणा गरेको हो ।
स्वतन्त्र कार्य आयोग एफडब्लुसीका अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको हो ।
यसभन्दा अघि कामदारले न्यूनतम पारिश्रमिक २०.३३ अस्ट्रेलियन डलर पाउने गरेका थिए । अब अस्ट्रेलियामा कार्यरत कामदारले हरेक हप्ता ४० डलरसम्म थप आम्दानी गर्न सक्ने एफडब्लुसीले जनाएको छ ।
अष्ट्रेलियाको यो निर्णय संगै २७ लाख कामदार प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । अस्ट्रेलियामा यस अघि कर्मचारी सङ्गठनहरुले तलब बृद्धिको माग गरेका थिए ।
उनीहरुले कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखेका थिए तर सरकारका तर्फ बाट ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने प्रस्ताव अघि सारेको थियो । यस्तो अवस्थामा सरकारी पक्ष र कामदार पक्ष दुवैको मागको बिचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।