भिषण बाढी आएपछि मेलम्चीमा होटलमा फसेकाहरु छतमा चढेर बाँचे, हेलिकप्टरबाट गरियो उद्धार — OSNepal

भिषण बाढी आएपछि मेलम्चीमा होटलमा फसेकाहरु छतमा चढेर बाँचे, हेलिकप्टरबाट गरियो उद्धार

LC (KTM) June 16, 2021 0

काठमाडौं, असार २ । गएराती मेलम्चीमा आएको भिषण बाढीका कारण समस्या परेर घरको छतमा पुगेका हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार आज बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । होटलमा बसेका उनीहरु बाढी आएपछि त्यहीँ फसेर होटलको छतमा बसेर ज्यान जोगाएका हुन् । बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिउको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार उनीहरु होटलबाट बाहिर निस्कन नसकेपछि होटलकै छतमा गएका थिए। गएराती आएको भिषण बाढीका कारण ठूलो धनमालको क्षती भएसँगै अहिले उक्त क्षेत्रमा उद्धार र राहात कायृक्रमलाई अगाडी बढाइएको छ । यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर