काठमाडौं १ असार । स्थगित भएको लुम्बिनी प्रदेश सभाको बैठक केही बेर अगाडी मात्र सुरु भएको छ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ नदिएसम्म सदन चल्न नदिने भनेपछि ४ बज सुरू भएको बैठक स्थगित भएको थियो ।
एमालेले मुख्यमन्त्री केसीसँग जवाफ मागे पनि प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वलीको बारेमा सरकार गम्भीर भएको भन्दै जवाफ दिएका थिए।
मन्त्री शर्माले वलीको विषयमा छानविन गर्न सरकारले नै छानबिन समिति गठन गरेको र छिटो भन्दा छिटो सत्यतथ्य छानविन गरेर प्रतिवेदन प्रस्तुत गर्ने प्रतिवद्धता
अहिले सुरु भएको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन्।