काठमाडौं १ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युष्टि पार्टी एकता हुनको लागि पाचँ सुत्र अगाडी सारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले चुनावपछि पार्टी एकता गर्नेगरी तत्कालका लागि वाममोर्चा घोषणा गर्न भन्दै एकताका लागि पाँच सुत्र अघि सारेका हुन् ।
उनले अघि सारेका पाँच सुत्र यस्ता छन्, गोप्य सम्झौता गलत थियो भनौं,संसद विघटन गर्नु गलत थियो भनौं, सिद्धान्त अनुरुप कार्यक्रम र संगठन बनाऔं, तत्कालै चुनावी वाममोर्चा बनाऔं भनौं र एउटा माफी सप्ताह आयोजना गरौं ।