“तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्थ्यौं ।”
काठमाडौं १ असार । नेकपामा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको भन्दै तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दावी गरेका छन् ।
चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको बताएका उनले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेको माओवादी त्यसै दंग परेको टिप्पणी गरेका छन् ।
यता गठवन्धनले धोका दियो भनेर अलमलिएको एकीकृत समाजवादी र माधव नेपाल र प्रचण्ड को पार्टीसँग के चाहिँ भिन्नता छ सिद्धान्तमा के भिन्नता,संगठनात्मक के भिन्नता । मात्र गालीगलौजमा भिन्नता रहेको नेता भुसालले बताएका छन् ।
चुनाव आए पनि एकता सम्भव रहेको दावी गरेका उनले कांग्रेस अहिले कम्युनिस्टसँग मिलेर कम्युनिस्टलाई नै पराजित गर्न सफल भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले स्थानीय तह निर्वाचनमा आएको मत परिणामले यदि कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ पालिका जित्ने उनको ठम्याई रहेको छ ।