मंगलबार रातिदेखि राप्तीको बाढीमा फसेका चारजनाको २५ जनाको टोलीले यसरी गर्यो सकुशल उद्धार — OSNepal

मंगलबार रातिदेखि राप्तीको बाढीमा फसेका चारजनाको २५ जनाको टोलीले यसरी गर्यो सकुशल उद्धार

LC (KTM) June 16, 2021 0

बुटवल-राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । बाढीमा फस्नेहरुमा लमही नगरपालिका-७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका(२ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षकै गणेश यादव रहेका छन् ।

उनीहरु राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फसेका थिए । लमही(७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले उद्धार गरेको हो ।

भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएकाहरु बाढीमा फसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर