काठमाडौ १ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको व्यवस्थापनमा नागरिकलाई उनीहरुको दायित्व बुझाउन नसक्दा समस्या आएको बताएकी छन् ।
जारी संसद बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले शहरबासीले भान्साबाट निकालेको फोहोरको व्यवस्थापक उनीहरु आफैं हो भन्ने बुझाउन नसकेको भन्दै यस्तो बताएकी हुन् ।
‘तिमीले गरेको फोहोरको विसर्जन तिम्रै पैसाबाट गर्ने हो भनी हामीले बुझाउन सकेनौं । यसलाई बुझाउन सकेको भए प्रत्येक परिवारले कम फोहोर निकाल्ने कोसिस गर्ने थिए’,
उनले भनिन् ।
यदि फोहोरलाई किचनबाटै कम निकाल्ने कार्य सुरु गरेको भए अहिले गइरहेकोमा ८० प्रतिशत फोहोर ल्याण्डफिल साइटमा जानै थिएन भनेकी उनले फोहोरको वर्गीकरण भान्सामै भएको भए थोरै फोहोर आउने बताइन् । साथै उनले २ वर्षका लागि प्रयोगमा ल्याइएको ल्याण्डफिल साइटमा १७ वर्षसम्म फोहोर खसाल्दा समस्या आएको भन्दै
‘बञ्चरेडाँडाको ल्याण्डफिल साइटलाई असार मसान्तसम्म सक्ने गरी काम अघि जानकारी दिएकी छन् । अहिले वैज्ञानिक तरिकाले फोहोरको विर्सजन गर्ने गरी काम भइरहेको समेत बताएकी छन् ।