मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी वलीले भनिन् 'म माथि षड्यन्त्र भयो' — OSNepal

मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी वलीले भनिन् ‘म माथि षड्यन्त्र भयो’

LC (KTM) June 15, 2022 0

काठमाडौँ :
मंगलबार प्रेमीको घरमा पसेर प्रेमीकी पत्नि र छोरीलाई लछारपछार पारेर भाइरल बनेकी लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस भएकी छिन् ।

उनी बेहोस भएर लडे लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । मंगलबार नै दाङबाट बुटवलमा पुगेकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा। इन्द्र ढकालले बताए ।

डा। ढकालका अनुसार वलीको प्रेसर र सुगरको मात्रा बढी रहेको र अहिले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ । बेहोस अवस्थामा नै अस्पताल लगिएको ओलीको स्वास्थ्य परिक्षण गरिएको र रिर्पोटहरु आउन समय लाग्ने अस्पतालले जनाएको छ ।

प्रेमीको घरमा पुगेर खल्लबल्ल पारेपछि प्रहरी नियन्त्रणमा रहेकी उनलई मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा लगिएको थियो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि वलीलाई अस्पताल भर्ना गरिएको हो । उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर