काठमाडौं १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी सेना नेपालको अनुमतिबिना नेपाल कहिल्यै आउन नसक्ने दाबी गरेका छन् ।
बुधबार जारी संसद बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा एमसीसी, व्याख्यात्मक घोषणाको स्वीकार्यता लगायतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले अमेरिकी सेना नेपालको अनुमतिबिना नेपाल कहिल्यै आउन नसक्ने दाबी गरेका हुन् ।
अमेरिकी सेना नेपालको इजाजतबेगर कहिल्यै आउन नसक्ने दावी गरेका उनले ग्लोबल एजमा राज्य र राज्य बीचको सम्बन्धलाई डिफाइन गरेको हुने बताएका छन् ।
उनले भने,‘त्यो अनुसार कुनै पनि देश अर्को देशमा इजाजतबेगर जबर्जस्ती घुस्न पाउँदैन् । युएनको च्याप्टर ६ र ७ बाहेक ।’