नेपाल बार एसोसिएसनबाट एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय वैद्य र मल्ल छनोट — OSNepal

नेपाल बार एसोसिएसनबाट एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय वैद्य र मल्ल छनोट

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । संसद विघटनको मुद्धामा सहयोगीको रुपमा नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकलाई छनोट गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको इजलासले संसद विघटनको मुद्धामा सहयोगीका रुपमा सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना र नेपालबार एसोसिएसनको छतर्फबाट दुई जना गरी चार जना एमिकस क्युरी माग गरेको थियो ।

हिजो मात्रै सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा छनोट गरिसकेको छ । गत जेठ ७ गते मध्य राति सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर