एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरिसकेकोले यसमा शंका मान्नुपर्दैन — OSNepal

एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरिसकेकोले यसमा शंका मान्नुपर्दैन

LC (KTM) June 15, 2022 0

काठमाडौं १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले यसमा कसैले शंका नगर्न आग्रह गरेका छन् ।

आज बुधबार बसेको संसद बैठकमा मन्त्री शर्माले जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्रसंघका व्यवस्थामा पनि सन्धी गर्दा व्याख्यात्मक टिप्पणीको व्यवस्था रहेकाले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गर्ला कि भनेर आशंका नगर्न सांसदहरूलाई आग्रह समेत गरेका छन् ।

एमसीसीको बारेमा यस सम्मानित सदनले पास गरेको स्मरण गराएका मन्त्री शर्माले भने, ‘अर्को पक्षले स्वीकार गरेमा अभिन्न अंग बन्छ भनेको छ । हाम्रो सन्धि कार्यान्वयन गर्ने कार्यविधि छ । त्यसले पनि ब्याख्यात्मक घोषणा गर्न सकिनेछ भनेको छ । ‘

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको व्यवस्थाअनुसार संसद्ले यो हो हाम्रो बुझाइ भनेर पास गरेपछि त्यसमा कुनै आशंका नरहेको व्यवस्था अनुरोध गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर