काठमाडौ १ असार । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले परराष्ट्र नीतिमा श्रृंखलाबद्ध रूपमा विचलनका घटना भएको बताएका छन् । बुधबार बसेको संसद बैठकको सुरुमै बोल्दै नेता ज्ञवालीलेनेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्ने बताएका हुन् ।
एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको भन्दै ज्ञवालीले यो लेभर सम्म यो सरकार पुग्ला भनेर अपेक्षा नगरेको बताएका छन् ।
उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’
सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भिर प्रश्न उठाएको उनको भनाइ थियो । हामी सबैका मित्र हौं । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन भन्दै उनले नेपालको संविधान, परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त र असंलग्नता, विश्वशान्तिको मान्यता अनुसार परराष्ट्र नीति अवलम्बन गर्नु सरकारको दायित्व रहेको बताएका छन् ।