टोखा नगरपालिकाद्धारा नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टर वितरण — OSNepal

टोखा नगरपालिकाद्धारा नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टर वितरण

LC (KTM) June 16, 2021 0

काठमाडौँ, २ असार – टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टरवितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने २२ थान हाते ट्र्याक्टरवितरण गरेको हो ।

नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले किसानको सहजताका लागि ५० प्रतिशत अनुदानमा नगरपालिकाले हाते ट्र्याक्टर सहयोग गरेको राससलाई जानकारी दिनुभयो । टोखाले बुधबार ११ थान र त्यसभन्दा पहिले ११ थान ट्र्याक्टरवितरण गरेको छ । वितरण गरिएका ट्र्याक्टरमध्ये वडा नं १ मा पाँच थान, वडा नं २ मा पाँच थान र वडा नं ३ मा एक थान रहेको छ । एउटा ट्र्याक्टरको मूल्य रु ४० हजार पर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै टोखाले किसानका लागि ५० प्रतिशत अनुदानमा धान तथा गहुँको बीउ, टनेल प्लाष्टिक, नमूना प्लाष्टिक घर, विषादीलगायतका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाभित्रका व्यावसायिक किसानलाई भने निःशुल्क तरकारी तथा फलफूलका बीउबिजन वितरण गरिएको कृषि शाखा प्रमुख पाठकले बताउनुभयो । टोखाले २५० कृषकका लागि कौसीखेती तालिमसमेत प्रदान गरेको छ । कौसीखेती तालिम प्राप्त गर्ने किसानलाई गमला, मल र बीउबिजन निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाले कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत काम गरिरहेको बताउनुभयो । परियोजनाअन्तर्गत टोखाले तरकारी एवं च्याउखेती पकेटको कामलाई अगाडि बढाएको छ । उक्त परियोजना रु २४ लाखको रहेको छ । गरपालिकाले कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७७÷०७८ मा नगरस्तरीय बजेटबाट रु ५२ लाखभन्दा बढी रकम विनियोजन गरेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर