काठमाडौ ३१ जेठ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले गठवन्धन भित्र सात प्रकारको समस्या रहेको बताएका छन् ।
मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनभित्र ७ प्रकारको समस्या देखिएको बताएका हुन् ।
उनले बताए अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने तथा गठबन्धनभित्र उपगठबन्धन गर्ने समस्या देखिएको बताएका छन् ।
साथै, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या भएको औंल्याएका छन् ।
गएको निर्वाचनबाट बलियो र व्यवस्थित संगठन नै निर्माण गर्नुपर्छ भन्ने ठूलो शिक्षा प्राप्त भएको बताएका छन् ।
आर्थिक कोषको निर्माण, स्रोत साधनको वयवस्थापन, जनताको मन छुने खालको प्रचार सामग्री आवश्यक पर्ने र उम्मेदवार चयन जतिसक्दो छिटो गर्नुपर्ने शिक्षा पनि यो निर्वाचनले दिएको बताएका छन् ।