मुख्यमन्त्री केसीको डिआइजीलाई फोन, विमला वलीलाई बुटवल पठाउनुहोस् — OSNepal

मुख्यमन्त्री केसीको डिआइजीलाई फोन, विमला वलीलाई बुटवल पठाउनुहोस्

LC (KTM) June 14, 2022 0

काठमाडौं ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल पठाइएको छ ।

मंगलबार बिहान प्रेमी भनिएका एकराज बस्नेतको घरमा झिरेर बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरी घर भित्र रहेका सामानहरु फ्याकेपछि प्रहरीको नियन्त्रणमा पुगेकी विमला वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले डिआइजीलाई फोन गरेर बुटवल पठाउन निर्देशन दिएका हुन् ।

सुरुमा इलाका प्रहरी कार्यालय तुलसीपुर लगिएको थियो । पछि परिस्थिति सबै सहज भएको र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरेकोले बुटवल पठाइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले बताए ।

तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले राज्यमन्त्री वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर उजुरी दिएकी छन्।

मिनाले विमलाविरूद्ध आफू र छोरीमाथि अनाहक घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएको डिआइजी उपाध्यायले जनाएका छन् ।

तथापी, प्रेमी भनिएका एकराज बस्नेत फरार रहेका छन् । अहिले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विमलाको यो हर्कतले गर्दा स्थानीयले उनलाई मोसो दली कुपटि गर्ने तयारी हुँदा प्रहरीले उनलाई उद्धार गरी इलाका प्रहरी कार्यालय तुलसीपुर ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर