काठमाडौं ३१ जेठ । प्रधानमन्त्रीको शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शंकाले नहेर्न भन्दै परराष्ट्रमन्त्री नारायण खड्काले आग्रह गरेका छन् ।
मंगलबार बसेको संसद बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले देउवाको भ्रमणलाई संकाको रुपमा नहेर्न आग्रह गरेका हुन् ।
विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ भन्दै खड्काले दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने बताएका छन् ।
‘नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुन्छन् । सार्वभौमसत्ता, स्वाधीनताप्रति सरकार गम्भीर रहेको छ ।’ खड्काले भने ।