काठमाडौ ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा समग्रीका कर्मचारी चुनावमा जानुपर्ने बाध्यता भएकाले १५ दिन पाठ्यपुस्तक पुर्याउन ढिला भएको बताएका छन् ।
मंगलबार बसेको संसद बैठकमा मन्त्री पौडेलले सांसदहरुले जनक शिक्षा सामग्री केन्द्रले आफ्नो जिम्मेवारी समयमा नै पुरा गर्न नसकेको भन्दै जनक शिक्षा केन्द्रको खारेजी माग गरेपछि उनले जनक शिक्षाको बचाउ गर्दै यस्तो बताएका हुन् ।
समयमा पाठ्यपुस्तक नपुगे पनि अनलाइनमा पाठ्यक्रम र पाठ्यपुस्तक राखिएकाले त्यसैबाट वैकल्पिक व्यवस्थास्वरुप पठनपाठन गर्नुपर्ने मन्त्री पौडेलले बताएका छन् ।
साथै, उनले आगामी वर्षदेखि सातवटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्रको कार्यालय खोलेर पुस्तक छपाई काम सुरु गरिने पनि बताएका छन् ।