काठमाडौं ३१ जेठ । सरकारले यस वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मंगलबार बसेको संसद बैठकमा यस वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने बताएका हुन् ।
कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले पेन्सनका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थपिदिने बताएका छन् ।
किसानको वर्गाीकरण गरेर पेन्सन दिन सुरुवात गरिने बताएका उनले किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने समेत बनाउने बताएका छन् ।
साथै, उनले आर्थिक वर्ष २०७९र८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको जानकारी गराएका छन् ।