बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेसहितको साँठगाँठ गर्नु अपराध हो, अर्थमन्त्रीले राजीनामा दिनुपर्छ — OSNepal

बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेसहितको साँठगाँठ गर्नु अपराध हो, अर्थमन्त्रीले राजीनामा दिनुपर्छ

LC (KTM) June 14, 2022 0

काठमाडौं ३१ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेसहितको साँठगाँठ गर्नु अपराध भएको निष्कर्ष निकालेका छन् ।

मंगलबार बसेको संसद बैठकको सुरु मै सांसद पाण्डेले कर जस्तो गम्भिर राष्ट्रिय स्वार्थको विषयमा बजेट जस्तो गोपनीयताहरू बाहिर सार्वजनिक गर्ने, गोपनीयताहरूमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता विषयहरू गम्भीर अपराध मानिने भएकाले अर्थमन्त्री अब नैतिक हिसाबले पनि राजीनामा दिनु पर्ने बताएका हुन् ।

‘त्यसबारेमा छानबिन हुनुपर्दछ र संसदले यसबारेमा कदम चाल्नुपर्दछ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक रुपमा त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्छ । हाम्रो दलबाट पनि हामी यो कुरा भन्न चाहन्छौ‌ ।’संसदमा पाण्डेले भने ।

‘करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय हो । संसद्ले यसबारेमा कदम चाल्नुपर्छ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।’उनले अघि भनेका छन् ।

बजेट निर्माण प्रक्रियाबारे पाण्डेले संसदमा भने ,’अर्थ मन्त्रालयभित्रको अभ्यास के हुने गर्छ भने त्यहाँ बजेटभन्दा एक दिन अगाडि अर्थ मन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन । करका विषयमा छलफल हुँदा मन्त्रीलाई बाहेक अरुलाई टेलिफोन दिने प्रचलन हुँदैन । सचिवका समेत अन्य कर्मचारीको टेलिफोन बन्द गरेर दराजमा लक गरेर राखिसकेपछि छलफल गरिन्छ । यो प्रचलन रहँदै आएको छ ।

तर, एउटा पत्रिकाले लेख्यो, अर्थमन्त्रीजीले अपरिचित व्यक्तिलाई अर्थ मन्त्रालयमा डाँक्नुभो र मन्त्रालयका सचिवसहित विभिन्न व्यक्तिहरू जो सरोकारवाला व्यक्तिलाई राखेर करविज्ञ उहाँहरू हुनुहुन्छ, उहाँहरूले भनेअनुसार गर्नु भनेर उहाँले निर्देशन दिनुभो ।’

साथै , उनले यो विषयमा केवल अर्थमन्त्रीको मात्र विषय हो कि प्रधानमन्त्री पनि जवाफ देहि हुनुपर्छ भनी सरकारको ध्यनाकषर्ण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर