सांसद प्रेम सुवालको माग : बजेट निर्माणमा अर्थमन्त्रीले सहभागी गराएका 'सीए' कुन देशका नागरिक हुन् नाम खुलाउनु पर्यो — OSNepal

सांसद प्रेम सुवालको माग : बजेट निर्माणमा अर्थमन्त्रीले सहभागी गराएका ‘सीए’ कुन देशका नागरिक हुन् नाम खुलाउनु पर्यो

LC (KTM) June 14, 2022 0

काठमाडौं ३१ जेठ । सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा सहभागी गराएका ‘सीए’ भनिएका व्यक्तिको परिचय खुलाउन माग गरेका छन् ।

मंगलबार बसेको संसद बैठकमा सांसद सुवालले जेठ १४ गते राति अर्थमन्त्रालयमा प्रवेश गर्ने दुई जना सीए भनिएका व्यक्तिहरुको नाम खुलाउन माग गरेका हुन् ।

?कुन देशको नागरिक हो त्यो बाहिर आएको छैन। विदेशी नागरिक अर्थमन्त्रालयमा कर छुट गराउन कसरी पुगे ? अर्थमन्त्रीज्यूले कसरी बाटो दिनुभयो ? उनले भने ।

रातारात अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराइ भन्सार र करका दर रेटमा परिवर्तन गराएको भन्दै आक्रोशित देखिएका सुवालले कमिसन कति प्राप्त भयोरु गठबन्धन सरकारका नेताहरुले कित कति पाए, यसबारे स्पष्ट हुनुपर्यो। भनि जवाफ समेत मागेका छन् ।

साथै, उनले अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति छुट दिनुभयो त्यो स्पष्ट नभएसम्म संसदलाई अघि नबढाउन सभामुख अग्निप्रसाद सापको टासँग आग्रह गरको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर