काठमाडौं ३१ जेठ । राप्रपा नेपालका अध्यक्ष नेता कमल थापाले करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको बताएका छन् ।
अध्यक्ष नेपालले बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने यस्तो संवेदनशील कार्यका अर्थमन्त्रीले नै यस्तो कार्य गर्नु अपराध भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजिनामा दिनुपर्ने माग राखेका छन् ।
यदि राजीनामा नदिए शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै हटाउनु पर्ने या त पार्टीले फिर्ता बोलाउनु पर्ने बताएका छन् । उनले भनेका छन्,’ बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य हो।अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजिनामा दिनुपर्छ।अन्यथा उहाँलाई प्रमले पदबाट हटाउनु पर्छ वा पार्टीले फिर्ता बोलाउनुपर्छ’