बैतडी-बैतडीको सूर्नया गाउँपालिकामा चितुवाको त्रास छाएको छ । गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ । राति गाउँमा पसेर चितुवाले आक्रमणको प्रयास गर्ने गरेको स्थानीयवासीले बताए ।
चितुवाले बथानसहित गाउँमा पसेर आतङ्क मच्चाएको स्थानीय तेजन बोहराले बताउनुभयो । रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय जाग्राम बस्न थालेका छन् । चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ । गोठबाटै खसीबाख्रा चितुवाले आक्रमण गरेर लैजान थालेपछि गाउँमा त्रास फैलिएको बोहराले बताउनुभयो । स्थानीय प्रजापति मडैका अनुसार चितुवाले दुई महिनाको अवधिमा दुई दर्जनभन्दा खसीबाख्रा खाइसकेको छ ।