मनाङमा ९०१ घरधुरीको पूर्ण लगत सङ्कलन — OSNepal

मनाङमा ९०१ घरधुरीको पूर्ण लगत सङ्कलन

LC (KTM) June 13, 2022 0

मनाङ, ३० जेठ – राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत स्थलगत र जाँचबुझको कार्य सकिएको छ । जिल्ला कृषि गणना कार्यालय मनाङका सहायक कृषि गणना अधिकृत सुदर्शन गौतमले फिल्डको कार्यसँगै गणक र सुपरिवेक्षकले छुटफुट केही भए त्यसको जाँचबुझ गरेर केन्द्रीय तथ्याङ्क विभागमा पठाइसकेको बताउनुभयो ।

“कृषि गणनाको स्थलगत कार्य सकेर गणकले भरेको तथ्याङ्कमा केही त्रुटि छन् वा केही छुटफुट भएको छ कि ? भनेर भेरिफिकेशन पनि ग¥यौँ । जस्तै गणकले एकदमै थोरै तथ्याङ्क भ¥यौँ वा जुन मुख्य बाली हो त्यो नै तथ्याङ्कमा आएन यस्तै कुराको हामीले क्रसचेक गरेका थियौँ”, उहाँले भन्नुभयो । केन्द्रमा पठाइसकेपछि नमिल्ने भएकाले जिल्लाबाट पठाउँदा कुनै त्रुटि नहोस् भनेर जाँचबुझ गरेको उहाँले बताउनुभयो । अधिकृत गौतमका अनुसार जिल्लामा ९०१ घरधुरीको पूर्ण लगत सङ्कलन भएको छ ।

जिल्लामा रहेको चार पालिकाको २६ वटा गणना क्षेत्रमा लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि जेठ १९ गते ४५ दिनसम्म गणकहरूले घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गरेका हुन् । बाह्र गणक र तीन सुपरीवेक्षक कृषि गणनाका लागि खटिएका थिए । हिमाली जिल्ला मनाङमा चार पालिकामा गणना क्षेत्र चामे गाउँपालिकामा चार, मनाङ ङिस्याङ गाउँपालिकामा आठ, नांसो गाउँपालिकामा आठ र नार्पाभूमि गाउँपालिकामा पाँच कायम गरिएको थियो ।

यस गणना यो पटकको सातौँ र सङ्घीयता आएपछिको पहिलो हो । कार्यालय अधिकृत गौतमका अनुसार कृषि क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्क प्राप्त गर्ने उद्देश्यका साथ कृषि गणना कार्य २०१८ सालदेखि १०÷१० वर्षको अन्तरालमा केन्द्रीय तथ्याङ्क विभागले गर्दै आइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर