कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ :भूमिमन्त्री श्रेष्ठ — OSNepal

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ :भूमिमन्त्री श्रेष्ठ

LC (KTM) June 13, 2022 0

काठमाडौं ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन सांसदहरुलाई आग्रह गरेकी छन् ।

सोमबार मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । यी क्षेत्र नेपालकै भुमि भएकाले यसलाई चलनमा ल्याउने विषयमा पहल भइरहेको समेत उनले जानकारी गराएकी छन् ।

सम्मानित सदनमा सांसदहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलन कहिले आउँछ भन्ने प्रश्न आएपछि उनले जवाफमा ती भाग निसन्देश नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त रहे्को स्पष्ट पार्दै भनिन्,’ती स्थानहरु नेपालको भोगचलनमा ल्याउन नेपाल सरकारको सक्षम निकायले बार्ता र कुटनीतिक माध्यमबाट आवश्यक पहल गरिरहेकै छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर