काठमाडौं ३० जेठ । चौतर्फी आलोचना भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले मुख खोलेका छन् । खेती गर्ने समयमा किसानले मल नपाएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्री यादवले ठेक्का प्रणालीबाट नेपालमा रासायनिक मलको समस्या समाधान नहुने बताएका छन् ।
‘जीटूजी’ प्रक्रियामार्फत भारतबाट मल ल्याउन लागेको बताएका छन् । वर्तमान समयमा विश्व बजारमा मल अभाव रहेको र मूल्य पनि चाँडो–चाँडो परिवर्तन हुने भएकोले मल ल्याउनका लागि (दुई देशका सरकारबीचको सम्झौता)जीटूजी प्रक्रिया उपयुक्त हुने दावी गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा उतारचढाव भएरहेकोले पनि समयमा मल उपलब्ध गराउन नसकेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिएको बताएका छन् ।
तथापी, प्रक्रिया सुरु गरेपनि समयमा ने मल ल्याउन नसकेको बताएका छन् ।
दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको बताएका उनले अब समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी समेत दिएका छन् ।