काठमाडौ ३० जेठ । कैलालीको जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार पदमबहादुर कलेल विजयी भएका छन् ।
धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धनमा मत दिएपछि जिससको प्रमुखमा कलले १३ मत ल्याएर विजयी भएका हुन् ।
एमाले नगरिक उन्मुखको १२ मत ल्याउँदै हार व्यहोरेका हुन् । त्यसैगरी मेयर हमालले उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाललाई पनि मत दिएर विजयी गराएका छन् ।
साथै, सदस्यहरुमा माओवादीबाट दिलु कामी, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल तथा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द विजयी भएका छन् ।
खुल्लातर्फ भने बराबरी मत आएपछि गोला प्रथा गरिएको थियो । जसमा एमालेका मानबहादुर साउद र तेजबहादुरको समान १२ मत आएको थियो । गोलाप्रथा गर्दा तेजबहादुर विजयी भएका हुन् ।