काठमाडौं ३० जेठ । सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण के भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनु पर्ने बताएका छन् ।
सोमबार बसेको संसद बैठकमा सुवालले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग समेत गरेका छन् ।
‘यसबारे सभामुखबाट रुलिङ हुन जरुरी छ । खेती लाउने समयमा मल नपाउँदा किसान समस्यामा परेकाले यस विषयमा संसदले स्पष्टिकरण सोध्नुपर्छ ।’ उनले भने ।
अहिलेको मल अभाव हटाउन बंगलादेश र रुससँग कुटनीतिक पहल सुरू गर्नुपर्ने माग राखेका उनले राष्ट्रसंघमा नेपालले रुसको विरुद्धमा भोटिङ गरेकाले पनि नेपालमा मल अभाव भएको हुन सक्ने बताएका छन् ।