मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा ६ जना बेपत्ता, एकको शव फेला, खोजी कार्य जारी — OSNepal

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा ६ जना बेपत्ता, एकको शव फेला, खोजी कार्य जारी

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । अबिरल वर्षा कारण मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा सात जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए अनुसार वेपत्ता हुनेको संख्या बढ्न सक्ने भएको छ ।

उक्त बाढीले तिनवटा पुल बगाएको छ ।मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । रातिको समयमा बाढी आएकाले ठुलो धनजन क्षति भएको बताएका पोखरेलले धनजनको क्षति संकलन तथा उद्धारको काम जारी रहेको बताए

अहिले उज्यालो भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले हराएकाहरुको खोजी गरिरहेका छन् । साथै मेलम्ची खानेपानी आयोजनाको सुरक्षामा खटिएको सेना, प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प पनि बाढीले बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर