नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति एमाले नेता रावलको आपत्ती — OSNepal

नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको प्रति एमाले नेता रावलको आपत्ती

LC (KTM) June 13, 2022 0

काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी गराउनुपर्ने बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै नेता रावलले यस विषयमा संसदमा जानकारी गराउनु पर्ने बताएका हुन् ।

नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लङ्घन गरेको आरोप लगाएका रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति आपति जनाएका छन् ।

रावलले भने,’नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुनेँ, के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थल सेनाको समूहमा काम गर भन्न खोजेको हो ।,

‘यसले के आशङ्का उत्पन्न गरेको छ भने– ‘स्टेट पाटर्नरशिपु कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ, त्यसको भित्रबाट नेपाल अङ्ग भइसक्यो भनेको हो कि ? यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्रमन्त्री प्रधानमन्त्रीसँगै आउनुपर्यो । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर