काठमाडौं ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहि बेर अगाडी मात्र सुरु भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकमा छलफल गरिने बताइएको छ ।
आज बसेको बैठकको एजेण्डा भने हिजो आइतबार बसेको केन्द्रीय कार्यालयकोले तय गरेको थियो ।