काठमाडौं ३० जेठ । अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । गठवन्धनको समर्थनमा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका शर्मालाई फिर्ता बोलाउने विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरुबिच अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल भएको हो ।
अर्थमन्त्रीको गतिविधिका कारण धेरै नाङ्गिने ठाउँ नभएको भन्दै पार्टीका एक नेताले यसविषयमा अध्यक्ष प्रचण्डसँग कुरा राखेको पनि खुलासा गरेका छन् ।
अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने विषय उठेपछि अध्यक्ष प्रचण्ड र शर्मा बिच प्रचण्ड निवास खुमलाटारमा आइतबार डेढ घण्टा लामो छलफल भएको थियो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्मा र प्रचण्ड बिच खुमलटार भेट भएको पुष्टि गरेका छन् । तथापी, भेटको समयमा भएको छलफलको विषयमा भने केहि खुलाइएको छैन ।