काठमाडौं ३० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
दुई नेताबिच भएको भेटवार्तामा बाम गठबन्धनका विषयमा छलफल भएको बताइएको छ । ओलीलाई भेट्न नेता श्रेष्ठ आइतबार साँझ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा भएको भेटवार्तामा मुख्य गरी तिन विषयमा छलफल भएको बुझिएको छ ।
राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे दुई नेताबिच छलफल भएको विशेष स्रोतले जनाएको छ ।
साथै, विशेष स्रोतले दिएको जानकारी अनुसार दुई नेताबिच एमसीसी, संसद विघटन, पार्टी विभाजन, राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा परेको विषयमा छलफल भएको बताइएको छ ।
तर, पनि कुनै पनि विषय निणर्यमा भने नपुगेको बताइएको छ । आफुले अध्यक्ष ओलीसँग भेट गरेको बताएका श्रेष्ठले भेटको विषयमा भने खुलाउन चाहेनन् ।