मेलम्ची आएको बाढीले बगाउदा एकको मृत्यु, सात जना वेपत्ता — OSNepal

मेलम्ची आएको बाढीले बगाउदा एकको मृत्यु, सात जना वेपत्ता

LC (KTM) June 16, 2021 0

मेलम्ची । मेलम्ची खोलामा आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ । त्यस्तै सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमाहेलम्बु गाउँपालिकाका २ का ३१ वर्षीय माधव भण्डारी, वडा नम्बर २ चुरेटार बस्ने ४२ वर्षीय गणेश ज्योति र वन नखुलेकी टीकामाया खड्का छन् । अन्य के कति वेपत्ता छन् एकिन विवरण नआएको प्रहरीले जनाएको छ । त्यस्तै शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

यो पनि ,मेलम्ची नदि उर्लिएर आउँदा दर्जनौ मानिस बेपत्ता अर्बौको क्षति मध्यरातमा खुला आकाश मुनी रात बिताए स्थानियले- मेलम्ची । मेलम्ची नदि उर्लिएर आउँदा सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ ।

राति करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै मेलम्ची जोड्ने पक्की पुल बाढीले बगाउको हो । यो सँगै हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क मा पनि क्ष्ती पुगेको बताइएको छ ।

बाढीले दर्जनौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्। हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बखुला आकाश मुनीरात बिताए। को बताइएको छ । छन ।खोलाको वहाव अझै उस्तै रहेकाले त्रास झनै बढेको बताइएको छ ।बाढीले अर्बौंको क्षति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर