सिन्धुपाल्चोकमा घर भित्र बाढी पसेर बितण्डा मच्चाएको दृश्य तस्विरमा हेर्नुहोस् — OSNepal

सिन्धुपाल्चोकमा घर भित्र बाढी पसेर बितण्डा मच्चाएको दृश्य तस्विरमा हेर्नुहोस्

LC (KTM) June 16, 2021 0

मेलम्ची । मेलम्ची नदि उर्लिएर आउँदा सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ । राति करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै मेलम्ची जोड्ने पक्की पुल बाढीले बगाएको हो ।


यो सँगै हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क मा पनि क्ष्ती पुगेको बताइएको छ । बाढीले दर्जनौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्। हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बखुला आकाश मुनीरात बिताए। को बताइएको छ । छन ।खोलाको वहाव अझै उस्तै रहेकाले त्रास झनै बढेको बताइएको छ ।बाढीले अर्बौंको क्षति भएको बताइएको छ । तस्वीरहरू : श्रीधर पौडेलको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर