काठमाडौं :
गायिका इन्दिरा जोशी जेठ ३१ गते विवाह बन्धनमा बाधिदैछिन् । उनी उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह बन्धनमा बाधिन लागेकी हुन् । उनले हल्दी लगाएका तस्विर हरु सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर अनि खुशी देखिएकी छन् ।
तस्बिर पोस्ट गर्दै इन्दिराले लेखेकी छन्, ‘मेरो बगैंचामा हल्दी लगाएँ। मेरो परिवारका सदस्यहरूको उपस्थितिमा यस समारोहलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौं। हल्दी समारोह साँच्चै राम्रो भयो।
तपाईको शुभकामना र आशीर्वादको लागि सबैलाई धन्यवाद१’ । तीन वर्षदेखि सम्बन्धमा रहेको इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। जुन तस्विर भाइरल बनेको थियो ।