वीरगंज :
वीरगंज महानगरपालिका वडा नम्बर – १० सर्वसाधारणका लागि निःशुल्क शौचालय संचालनमा ल्याएको छ । ग्रिनी सिटी सामुदायीक प्रहरी सेवा केन्द्र आर्दशनगरको पहलमा भाजुरत्न कम्पनीले निःशुल्क शैचालय संचालनमा ल्याएको हो ।
शौचालयको अभावका कारण सास्ती भोगेका त्यहाका सर्वसाधारण अब सहज हुने भएको छ । काठमाण्डौँ महानगरपालिकामा मेयर बालेन्द्र साहको अनुरोधमा होटेल तथा रेस्टुरेण्टले निःशुल्क शौचालयको व्यवस्था गरेपछि वीरगंजमा समेत आम सर्वसाधारणका लागि निःशुल्क शौचालयको व्यवस्था गर्ने सुरुवात भएको छ ।
ग्रिनी सिटी सामुदायीक प्रहरी सेवा केन्द्र आर्दशनगरका अध्यक्ष जय प्रकाश खेतानले वीरगंजमा शौचालयको अभावलाई मध्य नजर गर्दै भाजुरत्न कम्पनीले गरेको कार्यको मुक्त कण्ठले प्रशंसाा गरेका छन् ।