काठमाडौं ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमणका बारेमा जानकारी लिन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ ।
आज सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैंठकमा प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमणको विषयमा प्रश्न गठेको भन्दै भ्रमणका बारेमा छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन एमालेका सांसद डा भीम रावलले समेत माग गरेका थिए ।
समिति सभापति पबित्रा निरौला खरेलले दिएको जानकारी अनुसार देउवालाई भ्रमणको विषयमा छलफल गर्न भन्दै समितिको बैठकले असार ५ गते बैठक बोलाउन भनेको छ ।
यस भन्दा अघि असार ३ गते नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
माग समेत गरेका छन् । साथै, समितिमा उपस्थित हुन प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई पत्राचार समेत गरिएको उनले बताएकी छन् ।