काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको खुलासा गरेका छन् ।
सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद बानिँयाले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजेको भन्दै यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले भने , नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’
पहिलेदेखि नै आफुहरु परराष्ट्र नितिमा चुक्दै आएको भन्दै टिप्पणी गरेका उनले एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै गएको बताएका छन् ।
सांसद बानियाँले भने, ‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं। ‘