काठमाडौं ३० जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भएका नेता रावलले यस्तो बताएका हुन् ।
‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’ बैठकलाई सम्बोधन गर्दै नेता रावलले भने ।
आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने बताएका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमणबारे पनि प्रश्न उठेकाले भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग समेत गरेका छन् ।
भ्रमणबारे प्रधानमन्त्रीलाई पत्र लेखेर छलफलमा बोलाऔं भनेका रावलले बैठकमा भने, ‘यो विषयमा सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भन्नुभएको छ उहाँले नै भ्रमणमा आशंका गर्नुभएको छ, हामी त प्रतिपक्षीमा छौं’ ।