माओवादीले गर्यो आफ्नै नेतृत्वलाई प्रश्न :सत्तामा हुँदा त आउँदैन भने कहिले आउने शहीद परिवारका ती दिनहरू ? — OSNepal

माओवादीले गर्यो आफ्नै नेतृत्वलाई प्रश्न :सत्तामा हुँदा त आउँदैन भने कहिले आउने शहीद परिवारका ती दिनहरू ?

LC (KTM) June 12, 2022 0

काठमाडौं २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसदहरूले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यशैलीप्रति विरोध जनाएका छन् । पार्टीको एजेण्डा र मुद्दालाई संस्थागत तथा उठान हुने कुनै पनि ठोस कार्य गर्न नसकेको भन्दै सांसदहरुले माओवादीबाटै मुख्यमन्त्री बनेका भट्टको कार्यशैली प्रति आपत्ती जनाएका हुन् ।

शहीद जोखन रत्गैंया चौधरी ९हिम्मत० स्मृति प्रतिष्ठानले आइतवार धनगढीमा आयोजना गरेको गरेको श्रद्धाञ्जली तथा शहीद परिवारलाई सम्मान कार्यक्रममा बोल्दै प्रदेश सांसद वीरमान चौधरीले मुख्यमन्त्री भट्टको कार्यशैली प्रति विरोधअ जनाएका हुन् ।

उनले भने, ‘आज बोल्नुपर्ने बाध्यता सिर्जना भएको छ । हामी बोलिरहेका छैनौँ, जनता बोलिरहेका छन् । बोल्नुपर्ने स्थिति छ, विचारविहीनहरू अगाडि आउँदैछन् । हामी जुन विचार र बाटोमा हिँडेका छौँ । त्यसमा अझै संघर्ष गर्न बाँकी देखियो,लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रको अभ्यासको क्रममा गणतन्त्रलाई बिर्सने, गणतन्त्रको अभ्यासमा समावेशी समानता बिर्सने अवस्था छ । आज हाम्रो पार्टीको सरकार छ, आज एउटा नमूना कार्यक्रम गरेको देखाइदिनुस् ? सुदूरपश्चिम सरकारले ५ वर्षसम्म के गर्‍यो देखाइदिनुस् शहीद परिवारको हितको लागि ।’

शहीद परिवार बिरामी भएर मर्नुपर्ने अवस्था समेत आएको बताएका उनले आफुहरु सत्तामा भए पनि शहीद परिवारको अवस्था एउटै भएको उपचार , बालबालिका पढाउन समेत अवस्था नभएको बताएका छन् ।

‘हामीले लडेर आजको शासन व्यवस्था ल्यायौँ । केन्द्र र प्रदेशमा हाम्रो सरकार छ । शहीद र घाइते परिवारको सम्भार गर्ने कुरा छ । तर शहीद र घाइते परिवारको अवस्था कस्तो छ त ? कहिले आउने हुन् ती सम्मान र राहतका दिन ?,’ उनले प्रश्न गरे ।

सत्तामा हुँदा त आउँदैन भने कहिले आउने शहीद परिवारका ती दिनहरू रु आउने भन्दै प्रश्न गरेका उनले फेरि प्रश्न गरे कि सीमित व्यक्तिहरुलाई मात्रै आउने हो ? हामी कसको लागि लडेका थियौँ ? यहाँ टाठाबाठाले मात्रै राज्यसत्ताको फाइदा लिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर