काठमाडौं २९ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लगाएको लिपिस्टक माथि टिप्पणी गरेकी छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलमा भाग लिँदै सांसद चौधरीले स्मार्टसिटी बनाउने कुरा शहरी विकासमन्त्रीले ओठमा लिपस्टिक लगाएको जस्तो नभएको भन्दै टिप्पणी गरेकी हुन् ।
‘ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्यो भन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व छ, उनले अघि भनिन् ,आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ, तपाईंलाई त्यति पनि ज्ञान छैन, दाङको घोराही गएर हेर्नुस् । २० करोडको लागतमा फोहरबाट वैकल्पिक ऊर्जा उत्पादन भइसकेको छ ।’
कागजको खोष्टोमा लेख्दैमा स्मार्ट सिटी नबन्ने भन्दै मन्त्री झाँक्रीलाई व्यक्तिगत रुपमा घोचपेच उनले गरेकी छन् ।
उनले बोलेका शब्दमाथि नेकपा एसको ध्यनाकषर्ण भएको थियो । नेकपा एसका सांसदले दुई जना सदस्य बोलेपछि नियमापत्ति गरेका थिए ।